इतिहासमा आज

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

सन् १९४० : स्टालिनसँग सत्ता संघर्षमा पराजित भएर मेक्सिकोमा निर्वासित जीवन बिताइरहेका सोभियत नेता लियोन ट्राटस्कीमाथि सोभियत जासुसले बन्चरो आक्रमण गर्यो । त्यस आक्रमणमा लागेको चोटले अर्को दिन ट्राटस्कीको मृत्यु भयो ।

सन् १९५३ : सोभियत संघले हाइड्रोजन बमको सफल परीक्षण गरेको कुरा सार्वजनिक गर्यो । आठ दिनअघि संघले कजाखस्थानमा ‘जो–४’ उपनामको बम विस्फोट गरेको थियो ।  

सन् १९६४ : अमेरिकी राष्ट्रपति लिन्डन बी जोनसनले आफूले घाषणा गरेको ‘गरिबीविरुद्धको युद्ध’लाई सघाउने हिसाबले ‘इकोनोमिक ओपरच्युनिटी एक्ट’ जारी गरे । 

सन् १९६८ : मध्यरात वार्सा सम्झौताअन्तर्गतका देशका डेढ लाख सेनाले चेकोस्लाभाकियालाई कब्जा गरेर सुधारवादी नेता एलेक्ज्यान्डर डब्केकलाई सत्ताच्युत गरे ।

सन् १९७५ : अमेरिकाले मंगल ग्रहको अध्ययनका लागि ‘भाइकिङ १’ नामक अन्तरिक्षयान प्रक्षेपण गर्यो, जुन एक वर्षपछि जुन १९ मा मंगल ग्रहको कक्षमा प्रवेश गरेको थियो ।

सन् १९९१ : सोभियत संघको सत्तारुढ कम्युनिस्ट पार्टीका कट्टरपन्थीहरूले ‘कु’ गरेर राष्ट्रपति मिखाइल गोर्बाचेभ कैदमा रहेका वेला संघको एक एकाइ इस्टोनियाले स्वतन्त्रता घोषणा गर्यो ।

सन् १९९८ : क्यनडाको सर्वोच्च अदालतले पृथक्तावादी लहर चलिरहेको फ्रान्सेली भाषी क्षेत्र क्युबेकले संघीय सरकारसँग छलफल नगरी एकतर्फी अलग अवैध हुने निर्णय सुनायो ।

सुझावित समाचार