स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीसँग तीन प्रश्न

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा बर्सेनि ५६ हजारभन्दा बढी जलनको घटना हुनेरहेछ, जसमध्ये करिब २१ सयको मृत्यु हुनेरहेछ । जलन यति ठुलो जनस्वास्थ्य समस्या कसरी भयो ?
नेपालमा धेरै कारणले जलनका घटना भइरहेका छन् । तराईमा जाडोमा न्यानोका लागि बालेको आगोले घरको खरदेखि ओछ्यान जलेर जलन हुने गरेको छ । पहाडमा डढेलो फेलिँदै आएर घर र परिवारलाई प्रभावित बनाउने गरेको छ । घरभित्र बिजुली सर्ट भएर, ग्यास पड्केर वा तातो पानी, तेल शरीरमा पोखिएरदेखि गाडी दुर्घटनापछि हुने आगजनीले पनि शरीर जल्ने गरेका छन् । त्यसमाथि पछिल्लो समय आत्महत्याका लागि शरीरमा आगो लगाउने प्रचलन एक्कासि बढेको देखिन्छ । असुरक्षाका माध्यम धेरै भएकाले जलन यति धेरै भएको हो । 

यति ठुलो जलनको घटना हुनेरहेछ, जल्नै नदिनका लागि सरकारले जनचेतनाको प्रयास के–कसो गरेको छ ?
सरकारले जलन कम गर्ने सम्बन्धमा विभिन्न जनचेतनाका कार्यक्रम गरिरहेको छ । सञ्चारमाध्यमदेखि आत्महत्या रोक्ने सम्बन्धमा मानसिक सहयोगसम्बन्धी कार्यक्रम पनि अघि सारेको छ । तथापि, यससम्बन्धी जनचेतनका लागि सरकार मात्र नलागी सञ्चारमाध्यमदेखि गैरसरकारी संस्थाको पनि सहयोग आवश्यक हुन्छ । 

जलन उपचार सम्बन्धमा पूर्वाधारजति प्रायः काठमाडौंमै केन्द्रित छन् । सरकारले बनाएका कार्यविधि र बजेटअनुरूप पनि उपत्यकाबाहिर पूर्वाधार बन्न सकेको देखिँदैन नि ? 
होइन, यसमा समय लाग्छ । वर्न उपचार आफैँमा जटिल प्रक्रिया हो । यसको उपचारमा ‘मल्टिस्पेसियालिटी’ आवश्यक पर्छ । राजधानीबाहिर पूर्वाधार नै नभएको पनि होइन, तर कीर्तिपुर वा वीरमै जस्तो हुनलाई ती त्यहाँ अन्य रोगका विशेषज्ञहरू चाहिन्छ । वर्नको उपचारमा शरीरका सबै प्रणालीसँग जोडिएका विशेषज्ञ भए भने उपचार बढी प्रभावकारी हुन्छ । आवश्यक पर्छ । उपत्यकाबाहिर त्यस्तै अस्पताल खोजेर वर्न उपचार दिलाउने प्रयास हुँदै छ । यसमा प्रदेश र संघले काम गरिरहेको छ । 

सुझावित समाचार