इतिहासमा आज

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

सन् १९९१ : सोभियत संघका महासचिव मिखाइल गोर्भाचेभविरुद्ध पार्टीका कट्टरपन्थीहरूले बढी उदार भएको आरोपमा ‘कु’ प्रयास गरे । दुई दिनसम्म पार्टी महासचिवलाई नजरबन्दमा राखेका ‘कु’ पक्षधर आमविरोधपछि पछाडि हट्न बाध्य भए । गोर्भाचेभ पुन सत्तामा फर्किए, तर यसले उनको शासन र सत्तारूढ कम्युनिस्ट पार्टी दुवैलाई कमजोर बनायो ।

सन् १९१९ : अफगानिस्तानले संयुक्त अधिराज्यबाट स्वतन्त्रता प्राप्त गर्यो । यस देशको शासनमाथि सन् १८५९ देखि ब्रिटेनले विभिन्न रूपमा नियन्त्रण कायम गरेको थियो । अफगानिस्तानमा आफ्नो शासन सुदृढ पार्न धेरैपटक प्रयास गरे पनि अफगान जनताले ब्रिटिस नियन्त्रणको विरोध गरे र सन् १९१९ मा राजा अमानुल्लाहले अफगानिस्तानलाई बेलायतको अधीनबाट स्वतन्त्र भएको घोषणा गरेका थिए ।

सन् १९४४ : फ्रेन्च प्रतिरोध फौजले फ्रान्स कब्जा गरिबसेका जर्मन फौजविरुद्ध मुख्य विद्रोह सुरु गरे । यही प्रतिरोधको कारण ६ दिनपछि जर्मन कमान्डर डिट्रिच भोन चोलटिज आत्मसमर्पण गर्न तयार भए ।

सन् १९५७ : विश्वमा पहिलोपटक मानिस सवार हट–इयर बेलुन एक लाख फिटको उचाइमा पुग्यो ।

सन् १९६४ : विश्वकै पहिलो ‘जियोस्टेसनरी’ भूउपग्रह प्रक्षेपण गरियो । ‘सिनकोम ३’ नामक उक्त सञ्चार उपग्रह फ्लोरिडाको केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको थियो ।

सन् १९९८ : संयुक्त राष्ट्रसंघको मध्यस्थतामा इरान र इराकबिच आठ वर्षदेखि जारी लडाइँ युद्धविराममा रोकियो । दुवै पक्ष संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव ५९८ अनुरूप युद्धपूर्वको सीमामा फर्किन तयार भयो । यसले पाँच लाखको ज्यान लिएको युद्ध अन्त्यको सुरुवात गर्यो ।

सन् २००४ : विश्वचर्चित चर्च इन्जिन गुगलले न्यास्ड्याक स्टक बजारबाट सेयर बिक्री सुरु गर्यो ।

सन् २०१० : अमेरिकी सेनाले इराक युद्ध अन्त्य गर्ने हिसाबले सैन्य अभियानबाट आफ्ना फौज फिर्ता गर्ने अभियान यसै दिन सम्पन्न गर्यो । तथापि, करिब ५० हजार अमेरिकी फौज इराकी सेनालाई तालिम दिने उद्देश्यले त्यहीँ रह्यो । 
 

सुझावित समाचार