शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले २०औँ एसियाली खेलकुदको ‘क्लोज क्याम्प’मा रहेका खेलाडीलाई आफ्नो उत्कृष्ट प्रदर्शन दिने प्रयास गर्न निर्देशन दिएका छन् ।
तयारीलगायतका विषयमा जानकारी लिन मन्त्री पोखरेलले खेलाडीलाई भेट गर्ने क्रममा सो कुरा बताएका हुन् । मन्त्री पोखरेलले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई शुक्रबार साँझ गौशालास्थित पशुपति बुटिकमा भेटका थिए ।
मन्त्री पोखरेलले खेलकुद र शिक्षा दुवै क्षेत्र भनेको आजै लगानी गरेर भोलि नै नतिजा आउने क्षेत्र नभएको बताउँदै लङटर्ममा लगानीको नतिजा अवश्य देखिने विश्वास व्यक्त गर्दै खेल क्षेत्र र खेलाडीको समस्या सामाधान गर्न प्रतिबद्ध रहेको बताए । उनले १०औँ राष्ट्रिय खेलकुद यसै वर्ष सम्पन्न हुने बताए ।