कर्णाली प्रदेश सरकारले साउन १ गतेका दिन साउनेसंक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। कर्णाली प्रदेश सरकारको २४ चैत ०८२ सालको निर्णयअनुसार साउन १ गते (शुक्रबार) सार्वजनिक बिदा दिने भएको हो ।
साउनेसंक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सचिव लक्ष्मीकुमार विकले बताए ।