इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ । रेटिङ कम्पनी केयर रेटिङ नेपालले कम्पनीलाई दीर्घकालीन बैंक कर्जाका लागि ‘केयर एनपी ए’ बाट ‘केयर एनपी ए प्लस’ तथा अल्पकालीन बैंक कर्जाका लागि ‘केयर एनपी ए प्लस’बाट ‘केयर एनपी ए–१’ रेटिङ प्रदान गरेको हो ।
कम्पनीले कुल दुई अर्ब ७६ करोड १० लाख रुपैयाँबराबरको कर्जाका लागि रेटिङ गराएको थियो, जसमा १ अर्ब १ करोड १० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७५ करोड रुपैयाँ अल्पकालीन कर्जा छ । केयर रेटिङ्सका अनुसार वर्ल्डलिंकको वित्तीय प्रदर्शनमा आएको निरन्तर सुधारका कारण रेटिङ स्तरोन्नति गरिएको हो ।