सिटिजन्स बैंक इन्टरनेसनलले विश्व वातावरण दिवस २०२६ का अवसरमा देशभर १५ सय बिरुवा रोपेको छ । बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिरुवा रोपेको हो ।
बैंकका अनुसार शनिबार चौकीडाँडा पर्यटकीय पार्क, बुढानीलकण्ठ, काठमाडौंमा वृक्षारोपण गरेको छ । बुढानीलकण्ठको चौकीडाँडा पर्यटकीय पार्कमा विभिन्न प्रजातिका करिब अढाई सय बिरुवा रोपिएको बताइएको छ । यसबाहेक मधेशमा अढाई सय र कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा दुई–दुई सय बिरुवा रोपिएको बैंकले जानकारी दिएको छ ।
वृक्षारोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत बैंकका कर्मचारीको सहभागिता थियो । बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वास्थ शिविर सञ्चालन एवं सामुदायिक विद्यालयमा सहयोगसमेत गरिसकेको बताइएको छ ।