गैँडाको खाग बरामद गर्ने प्रहरी हवल्दार खनाल बने ‘पुलिस अफ द मन्थ’

शनिबार, १६ जेठ, २०८३
डिजिटल संस्करण

प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी सहायक हवल्दार जगतराज खनाल ‘पुलिस अफ द मन्थ’ अवार्डबाट पुरस्कृत भएका छन्। प्रहरीको छवि उच्च राख्ने गरी काम गरेको भन्दै उनलाई वैशाख महिनाको उत्कृष्ट प्रहरीको रूपमा दरबारमार्ग वृत्तले पुरस्कृत गरेको हो। 

हवल्दार खनालले गत महिना गैँडाको खागसहित दरबारमार्गको एक रेस्टुरेन्टबाट तीनजनालाई पक्राउ गरेका थिए। उनले वन्यजन्तु र लागुऔषधसम्बन्धी अपराधको अनुसन्धानमा अब्बल काम गर्दै आएका छन्। विगतमा पनि महत्त्वपूर्ण अप्रेसन गराएका थिए। सोही आधारमा वृत्तका डिएसपी नारायण डाँगीले उनलाई पुलिस अफ द मन्थका रूपमा पुरस्कृत गरेका हुन्। 

सुझावित समाचार