सामुदायिक वनको बदमासी : लुकाएर राखेको अवैध काठ बरामद

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

कञ्चनपुरका केही सामुदायिक वन बदमासीमा उत्रिएका छन्। दोधाराचाँदनी नगरको एक सामुदायिक वनभित्र बदमासी भएको पाइएको छ। दोधाराचाँदनी नगरपालिका– ६ को भैरव जनकल्याण सामुदायिक वनभित्र गैरकानुनी काठ लुकाइछिपाइ गरेर राखेको भेटिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त सामुदायिक वनले लुकाएर राखेका ६ थान सगुन जातका अवैध काठ बरामद गरेको छ । ७० क्युफिट काठ झन्डै ७७ हजार मूल्यबराबरको काठ बरामद गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाएको छ । इलाका प्रहरी कार्यालय दोधाराचाँदनी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त प्रहरी टोलीले बरामद गरेको जनाएको छ । यसरी सामुदायिक बेथितिमा उत्रिन थालेपछि उपभोक्तादेखिका सरोकारवाला निकाय थप सशंकित भएका छन् ।

भैरव जनकल्याण सामुदायिक वनका निवर्तमान अध्यक्ष रमेश भण्डारीले उक्त काठ कुनै व्यक्ति, समूहले ल्याएको हुन सक्ने बताए । 

See More On

सुझावित समाचार