कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले आगामी वर्षको बजेटमार्फत चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने नीति ल्याउने बताएकी छिन् । मंगलबार ३०औँ राष्ट्रिय चिया दिवसको अवसरमा सन्देश प्रवाह गर्दै मन्त्री चौधरीले चियाको उत्पादन वृद्धि गरी निर्यात बढाउन सरकारले सक्दो सहयोग गर्ने बताइन् ।
मन्त्रालयका अनुसार देशभर ३१ वटा जिल्लामा चिया खेती विस्तार भएको छ भने १५ हजारभन्दा बढी कृषक आबद्ध छन् । एक सय ७१ वटा टी– स्टेट र साना मझौला गरी एक सय २० वटा चिया प्रशोधन केन्द्र रहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर २० हजार ६ सय दुई हेक्टरमा चिया खेती विस्तार भएको छ । देशभर १५ हजार एक सय ३२ कृषक चिया खेतीमा संलग्न छन् ।