रास्वपाको मुख्य सचेतकमा कवीन्द्र बुर्लाकोटी

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको मुख्य सचेतकमा महामन्त्री कवीन्द्र बुर्लाकोटी चयन भएका छन् । 

संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा सिंहदरबारमा बसेको दलको बैठकले प्रमुख सचेतकमा बुर्लाकोटीलाई चयन गरेको हो । 

प्रमुख सचेतकले दलको नेताको निर्देशनमा दलभित्र समन्वयको काम गर्छ । प्रतिनिधिसभामा रास्वपा १८२ सिटसहित पहिलो दल छ । 

यसैगरी बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको महामन्त्री बुर्लाकोटीले बताए ।
 

सुझावित समाचार