सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलसँग २५ तोला सुन

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले आफूसँग २५ तोला सुन रहेको सम्पति विवरणमा उल्लेख गरेकी छिन् । आइतबार प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक गर्ने क्रममा रावलले पनि आफ्नो विवरण पेश गरेकी हुन्। 

 विवरणमा काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा रहेको बताएकी छन्। बैंकमा २४ लाख रुपैयाँ रहेको जनाएकी छिन्। यी सबै सम्पति उनले श्रीमानको आयको रुपमा देखाएकी छिन्। 

सुझावित समाचार