परराष्ट्रमन्त्री शिशिर खनाल मोरिसस जाने भएका छन्। परराष्ट्रमन्त्री भएपछि उनी पहिलो विदेश भ्रमणमा जान लागेका हुन्। तर, उनी द्विपक्षीय औपचारिक भ्रमणमा नभएर नवौँ इन्डियन ओसन कन्फरेन्समा सहभागी हुन जाने भएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणबारे भने, ‘यो कार्यक्रममा नेपालको सहभागिताका लागि निमन्त्रणा प्राप्त भएको छ। माननीय परराष्ट्रमन्त्रीज्यूको सहभागिताका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ।’
कार्यक्रम यही अप्रिल १० देखि १२ सम्म मोरिससमा हुनेछ, जहाँ भारतीय विदेशमन्त्री डा. एस जयशंकर, भुटानका विदेशमन्त्री दीनानाथ ढुंगेललगायत सहभागी हुनेछन्।