काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सिडिओ) छविलाल रिजाल पक्राउ परेका छन् । जेन–जी आन्दोलन जाँचबुझ आयोगको सिफारिसअनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनकाे समयमा उनी काठमाडौंको सिडिओ थिए । मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो।
जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले गत शनिबार नै नियन्त्रणमा लिइसकेको छ ।