मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले उल्लेख्य मतान्तरसहित अग्रता कायम गरेका छन् ।मकवानपुर क्षेत्र नम्बर १ मा जारी मतगणनाअनुसार रास्वपाका प्रकाश गौतमले १९ हजार २३५ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामेश्वर राना मगरले ३ हजार ९९९ मत पाएका छन् । हालसम्मको परिणामअनुसार गौतमले राना मगरभन्दा १५ हजार २३६ मतान्तरले अग्रता बनाएका छन् ।
यसैगरी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले ३ हजार ४९५ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंहले २ हजार ३७६ मत ल्याएका छन् । नेकपाका विजय गौतमले १ हजार १६१ मत र उज्यालो नेपालका सुरेन्द्र लामाले ७५९ मत पाएका छन् । यस क्षेत्रमा कुल ९५ हजार ३१९ मत खसेको थियो ।
यता मकवानपुर क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती अग्रस्थानमा छन् । हालसम्म उनले ११ हजार ९३३ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का महेश बर्तौलाले ५ हजार ७८६ मत पाएका छन् । यसअनुसार उप्रेतीले बर्तौलाभन्दा ६ हजार १४७ मतान्तरले अग्रता बनाएका छन् ।
यसैगरी नेकपाका लवशेर बिष्टले ५ हजार ६४३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका बुद्ध लामाले ५ हजार २९ मत ल्याएका छन् । यहाँ उज्यालो नेपालका प्रबिन स्याङ्तानले १ हजार ५६५ र राप्रपाका रामबहादुर थोकरले २८५ मत प्राप्त गरेका छन् । मकवानपुर–२ मा कुल ९२ हजार २४१ मत खसेको थियो । दुवै क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।