मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म करिब ४० प्रतिशत मतदान भएको छ । मकवानपुरकी मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार जिल्लाभर हालसम्म करिब एक लाख २६ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।
जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभर शान्तिपूर्ण रूपमा जारी रहेको प्रशासनले जनाएको छ ।
मतदान केन्द्रहरूमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना परिचालन गरिएको छ। प्रशासनका अनुसार हालसम्म जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ।