प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार बिहानदेखि सुरु भएको मतदानमा मध्याह्नसम्म करिब ३० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाका अनुसार निर्वाचन क्षेत्र १, २, ३ र ४ मा शान्तिपूर्ण वातावरणमा करिब ३० प्रतिशत मत खसेको हो ।
सिराहाको चारवटा निर्वाचन क्षेत्रबाट विभिन्न सानाठुला दल र स्वतन्त्र गरी १३८ जना प्रतिस्पर्धामा छन्। निर्वाचनमा विभिन्न दलबाट तीन र पाँच स्वतन्त्र गरी आठजना महिलासहित ५३ दलीय र ८५ स्वतन्त्र उम्मेदवार छन्।
कुल चार लाख ५३ हजार ६४५ मतदाता रहेको जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा दुई लाख ४१ हजार ६१५ पुरुष, दुई लाख १२ हजार २८ महिला र दुई अन्य मतदता रहेको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ।