महोत्तरीमा १० बजेसम्म १४ प्रतिशत मतदान सम्पन्न भएको छ । महोत्तरीको क्षेत्र नं. १ मा चारहजार १०० महिला र ६ हजार ३८० गरि कुल १० हजार ४८० मतदाताले मतदान गरेका छन् । यस्तै क्षेत्र नं. २ मा ७ हजार ८५४ महिला र ८ हजार २४ पुरुष गरि कुल १५ हजार ८७८ ले मतदान गरे ।
यसैगरी क्षेत्र ३ मा १० हजार २३३ महिला र ११ हजार १५८ गरि कुल २१ हजार ३९१ मतदाताले मतदान गरिसकेका छन् । यता क्षेत्र नं ४ मा ७ हजार ९१३ महिला र ७ हजार २५१ पुरुष गरि कुल १५ हजार १६४ ले मतदान गरेका छन् ।चारवटै निर्वाचन क्षेत्रमा कुल ३० हजार १०० महिला र ३२ हजार ८१३ पुरुष गरि जिल्लामा कुल ६२ हजार ९१३ जनाले मतदान गरेका छन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्लामा शान्तिपूर्ण मतदान भैरहेको जानकारी दिए । उनले कुनैपनि मतदान स्थलमा मतदान रोकिएको वा कुनै अप्रिय घटना भएको सुचना नआएको बताए । यता जलेश्वर कारागारमा रहेको अस्थाई मतदान केन्द्रमा बिहानै २१ जना कैदीबन्दीले मतदान गरिसकेको छन् । जलेश्वर कारागारमा सय प्रतिशत मतदान भएको छ ।