काभ्रेमा मतदान सुरु

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि काभ्रेपलाञ्चाेक जिल्लामा मतदान सुरु भएको छ । निर्वाचन आयोगले तोकेको मतदान समयअनुसार आज बिहीबार बिहान ७ बजेबाटै मतदान सुरु भएको हो । बेलुका ५ बजेसम्म मतदान चल्नेछ । 

प्रमुख जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले बिहान ७ बजेदेखि सुरु भएर बेलुका ५ बजेसम्म मतदान चल्ने बताए । मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बसेर आजै रातिदेखि मतगणना सुरु गर्ने अर्यालले बताए ।

क्षेत्र नम्बर १ मा दुर्गम क्षेत्र भएकाले आज मतपेटिका आइनपुग्ने भएकाले भोलि शुक्रबारदेखि मात्र मतगणना सुरु गर्ने उनको भनाइ छ । क्षेत्र नम्बर १ को निर्वाचन कार्यालय पनौती नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ भने क्षेत्र नम्बर २ को शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको छ । 

क्षेत्र नम्बर १ मा ९५ मतदानस्थल र १९८ वटा मतदान केन्द्र क्षेत्र नम्बर २ मा ९४ मतदानस्थल र २०२ वटा मतदान केन्द्र गरी जम्मा १८९ मतदानस्थल र चार सयवटा मतदान केन्द्र रहेका छन् । काभ्रेमा एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला र अन्य दुईजनासहित तीन लाख २६ हजार ६११ मतदाता छन् ।

सुझावित समाचार