युएनकी आवासीय संयोजक याहिया र महासंघका अध्यक्ष ढकालबिच भेट

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

विकासशीलमा स्तरोन्नतिको समय तीन वर्ष थप्न आग्रह 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति हुने म्याद थप गर्नुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय संयोजक लीला पिटर याहियासँग शुक्रबार काठमाडौंमा भएको भेटमा उनले यस्तो आग्रह गरेका हुन् ।

महासंघ अध्यक्ष ढकालले मुलुक अझै संरचनात्मक रूपमा यो संक्रमणका लागि तयार नभएकाले व्यावसायिक समुदायसँगको व्यापक परामर्शका आधारमा नोभेम्बर २०२९ सम्म सार्न औपचारिक माग गरेका हुन् । अध्यक्ष ढकालले नेपालको स्तरोन्नति केवल सांकेतिक मात्र नभई दिगो र जनताका लागि लाभदायक होस् भन्ने सुनिश्चित गर्न महासंघ संयुक्त राष्ट्रसंघसँग मिलेर काम गर्न तयार रहेको समेत बताए ।

नेपालको आर्थिक संवेदनशीलता अझै उच्च रहेकाले पनि निजी क्षेत्रले यो माग गरिरहेको स्पष्ट पारे । ‘हाम्रो उद्देश्य प्रगति रोक्नु होइन, बरु स्तरोन्नति दिगो र आर्थिक रूपमा रूपान्तरणकारी होस् भन्ने सुनिश्चित गर्नु हो’ उनले भने, ‘बैंकहरूमा तरलता भए पनि निजी लगानीको इच्छाशक्ति कमजोर छ । यस्तो वेला हतारमा गरिने स्तरोन्नतिले अवरोध निम्त्याउन सक्छ ।’ सो अवसरमा संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय संयोजक लीला पिटर याहियाले संयुक्त राष्ट्रसंघ नेपालको निजी क्षेत्र सुदृढ साझेदारीका लागि सधैँ सकारात्मक रहेको बताइन् । 

सुझावित समाचार