काठमाडौंको क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सस्मित पोखरेललाई टिकट दिएको छ। उनी रास्वपाका केन्द्रीय सदस्य हुन्।
यो क्षेत्रमा रास्वपाबाट धेरै उम्मेदवार हुँदा निर्णयमा ढिलाइ भएको थियो। काठमाडौं महानगरपालिमा बालेन शाह मेयर हुँदा पोखरेल सचिवालयमा थिए।