स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोंगबुमा कृषि मेला

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको गोंगबुमा कृषि मेला सुरु भएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर २६ को सहकार्यमा रैथाने एग्री प्रडक्ट नेपाल तथा गोंगबु आवास क्षेत्रको आयोजनामा गोंगबु टाउन प्लानिङमा आजदेखि मेला सञ्चालनमा आएको हो।

मेलाको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका सुशासन समितिका सभापति तथा वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई बजारसम्म पहुँच पुर्याउन यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्थानीय उत्पादन प्रयोगले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उल्लेख गरे।

रैथाने एग्री प्रडक्ट नेपालका अभियन्ता कृष्ण स्याङ्ताङका अनुसार मेलामा नेपालका विभिन्न ५५ जिल्लामा उत्पादन भएका मह, सिस्नो, चामल, गेडागुडी, सातु, कपडा तथा सुन्तलाजस्ता सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ। मेलामार्फत उपभोक्ताले प्रत्यक्ष रूपमा उत्पादकबाट सामग्री खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
 

सुझावित समाचार