अमेरिकामा बस्दै आएका रानाले दिए विद्यार्थी र अपांगता भएका व्यक्तिलाई न्यानो कपडा

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

सल्यानका विभिन्न चार विद्यालयका विद्यार्थी र शारीरिक अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ। अमेरिकामा बस्दै आएका सल्यान बनगाड कुपिण्डे नगरपालिका- २, बेतेनीका जनकराज रानाले एक सय ५३ विद्यार्थी र ११ शारीरिक अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेका हुन्। 

बनगाड कुपिण्डे नगरपालिका- २ मा रहेका चार विद्यालय श्री आधारभूत विद्यालय लाहाघाटका ८९ जना, श्री जनकल्याण प्रा.वि. राइराका २८ जना, श्री बासुका प्रा.वि.बेतेनीका २९ जना, श्री भगवती प्रा.वि. बाहुनगाउँका ७ जना गरी १५३ विद्यार्थी र राइरा चारजना र लाहाघाटका- ७ गरी ११ जना शारीरिक अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेका छन्। 

जाडो मौसममा विद्यार्थीहरूलाई सहज रूपमा विद्यालय आउन–जान तथा अध्ययन–अध्यापनमा सहभागिता बढोस् भन्ने उद्देश्यले न्यानो कपडा सहयोग प्रदान गरेको रानाले बताए। सामाजिक कार्य मिलेर बनाउन सकिने तथा सबै कुरा राज्य सरकारको मुख ताक्नुभन्दा आआफ्नाे क्षेत्रबाट गर्न सकिने काम गर्नुपर्ने उनको भनाइ छ। विगत पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका रानाले अझै थप केही विद्यालयमा सहयोग गर्ने बताए। 
 

सुझावित समाचार