समृद्धि फाइनान्स लिमिटेड, पोखरा शाखाले हिमाल कलेज अफ म्यानेजमेन्ट वित्तीय साक्षरता कार्यक्रम गरेको छ । मध्यवर्ती स्तर र बिबिए प्रथम सेमेस्टरका विद्यार्थीलाई लक्षित गरी आयोजित उक्त कार्यक्रममा बैंक तथा वित्तीय संस्था (बिएफआई)सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रम फाइनान्सका शाखा प्रबन्धक दीपककुमार श्रेष्ठको नेतृत्वमा भएको थियो । कार्यक्रममा बिएफआईको कार्यक्षेत्र, रोजगारीका अवसर, बैंक वर्गीकरण तथा सहकारीबिचको भिन्नताजस्ता विषयमा विद्यार्थीलाई विस्तृत जानकारी प्रदान गरिएको बताइएको छ ।
सहभागी विद्यार्थीले कार्यक्रम जानकारीमूलक र उपयोगी रहेको प्रतिक्रिया दिए । फाइनान्सले आगामी दिनहरूमा पनि यस्ता वित्तीय सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।