काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको उपचारका क्रममा निधन भएको छ । केहीबेर अघि नयाँ बानेश्वरस्थित  सिभिल अस्पतालमा ७६ वर्षीय शाहको मृत्यु भएको हो  ।

अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार पिसाब संक्रमण फैलिँदा अन्य अंगहरूमा असर पुगेपछि निधन भएको हो । उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । तर, पिसाब संक्रमण हुँदा किड्नी र अन्य अंग फेल भएपछि उनको मृत्यु भएको हो ।
 

सुझावित समाचार