बचत तथा ऋण सहकारी संस्थाद्वारा कपिलवस्तुमा चार्जिङ स्टेसन सञ्चालन

मंगलबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

कपिलवस्तुको बाणगंगा– ४, जितपुरमा स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाले करिब ७५ लाख रुपैयाँ लागतमा अत्याधुनिक विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। ८० केभी क्षमताको फास्ट चार्जरसहित दुईवटा आधुनिक मेसिन जडान गरिएको स्टेसनमा एकैपटक चारवटा सवारी तथा दैनिक ५० भन्दा बढी ई–सवारी सहजै चार्ज गर्न सकिन्छ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी र बाणगंगा नगरप्रमुख चक्रपाणि अर्यालले संयुक्त रूपमा स्टेसन उद्घाटन गर्दै हरित ऊर्जा प्रवर्द्धनमा सहकारीको योगदानकाे सराहना गरेका छन्। सहकारीका अध्यक्ष घनश्याम घिमिरेका अनुसार यो परियोजना सेवा विस्तार र दिगो ऊर्जा प्रवर्द्धनतर्फको महत्त्वपूर्ण कदम रहेको बताएका छन्।
 

सुझावित समाचार