इच्छाकामनालाई प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले दियो बिमा रकम

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बिमा दाबीअन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवालसहितका जनप्रतिनिधिको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजारको चेक हस्तान्तरण गरे । 

२४ भदौमा जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा जलाइएका गाउँपालिकाको एउटा स्कर्पियो र एउटा बोलेरो गाडीको क्षतिपूर्तिस्वरूप उक्त बिमा रकम प्रदान गरिएको हो । प्रोटेक्टिभले जोखिम न्यूनीकरण तथा दाबी भुक्तानीमा द्रुत, पारदर्शी र दिगो सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । 

See More On

सुझावित समाचार