जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान’

मंगलबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान’

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेकपा (माओवादी केन्द्र)का पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्कीलगायतले छुट्टै अभियान घोषणा गरेका छन्। एकीकृत समाजवादीलगायत आठ दल–समूहसँग एकता घोषणा गरेसँगै असन्तुष्ट केही नेताले छुट्टै अभियान घोषणा गरेका हुन्। 

मंगलबार पत्रकार सम्मेलनमा शर्माले नेताहरूका गल्ती र असफलतालाई ढाकछोप गर्न झुन्ड तयार गरिएको भन्दै ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरे। 

‘हामी समग्र रूपमा प्रगतिशील अभियान अगाडि चलाउँदै यो देशमा लोकतान्त्रिक मूल्य, प्रगतिशील मूल्यलाई आत्मसात् गर्ने, वामपन्थी मूल्यलाई आत्मसात् गर्ने, राष्ट्रियतालाई आत्मसात् गर्ने र राष्ट्रका पक्षमा स्वयंसेवा गर्न चाहने सबैलाई केन्द्रित गर्ने गरी सबैसँग सहकार्य गरेर जाने हाम्रो नीति रहनेछ,’ शर्माले भने।

सुझावित समाचार