वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ । युएईको शारजहाँ क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले इनिङ्ग्स सकिनु एक बलअगावै सबै विकेट गुमाएर १ सय २२ रन बनायो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ३९ रन बनाउनुबाहेक अन्यले प्रभावशाली प्रदर्शन गर्न सकेनन्। भुर्तेलले २९ बलमा दुई चौका र तीन छक्का प्रहार गरे।