डिस्चार्ज भएका कैदीबन्दी कारागारमा स्थानान्तरणको तयारी

सोमबार, २ भदौ, २०८२
डिजिटल संस्करण

एक साताअघि कैदीबन्दीका दुई समूहबिच भएको झडपमा घाइते भएकाहरूलाई कैलाली कारागार धनगढीमा स्थानान्तरणको तयारी थालिएको छ । 

घाइते ४८ मध्ये पाँचजनालाई कारागारमा लगिसकिएको छ । काठमाडौंमा उपचाररत पाँच र सेती प्रादेशिक अस्पतालमा उपचार भएकालाई स्थानान्तरणका लागि कैदीबन्दीका आफन्त र कारागार व्यवस्था विभागसँग छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।

सुरक्षा चुनौतीका कारण भन्दै घाइतेलाई हाल सेती प्रादेशिक अस्पतालमै राखिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । कारागार व्यवस्था विभागले कैलाली जिल्ला कारागारका जेलरमा नेपालगन्ज कारागार प्रमुख प्रकाश ढुंगानालाई पठाएको छ । उनले आइतबारबाट कारागार प्रमुखको कार्यभार सम्हालेका छन् । 

सुझावित समाचार