प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय निजी तथा आवासीय एसाेसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौँ राष्ट्रिय महाधिवेशन यही फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुने भएको छ । महाधिवेशनमा देशभरका दुई हजार पाँच सयभन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुनेछन् । 

महाधिवेशनले संगठनको विधानसहित नयाँ नेतृत्व चयन गर्ने नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए । उनले  महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत एवं  समसामयिक विषयमा छलफल हुने बताए । उनले भने, ‘राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्ने गरी निजी विद्यालय र सरकारबिचको सहकार्य र समन्वयलाई अझ बलियो बनाउन महाधिवेशन केन्द्रित हुनेछ ।’

सुझावित समाचार