सदर चिडियाखानाको व्यवस्थापन ३० वर्षका लागि पुनः कोषलाई

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

सरकारले जावलाखेलस्थित सदर चिडियाखानाको व्यवस्थापन ३० वर्षका लागि पुनः प्रकृति संरक्षण कोषलाई दिएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले २१११ सम्मका लागि व्यवस्थापन र सञ्चालनको जिम्मा कोषलाई दिएको हो।

वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खरालले सदर चिडियाखाना व्यवस्थापनको जिम्मा ६० वर्षसम्मका लागि दिन सकिने व्यवस्थाअनुसार थप ३० वर्षका लागि दिइएको बताए । कोषले यसअघि ०५२ देखि चिडियाखानाको व्यवस्थापन गर्दै आएको थियो ।

३० वर्षे सम्झौता अवधि सकिएपछि सरकारले अनुगमनको जिम्मा वन मन्त्रालयको रहने गरी व्यवस्थापनको जिम्मा कोषलाई दिएको हो । वि.सं १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले निजी चिडियाखानाका रूपमा स्थापना गरेकामा सरकारले पछि आफ्नो स्वामित्वमा लिएको थियो।

२०११ बाट भने सदर चिडियाखाना सर्वसाधारणका लागि खुला गरिएको हो । प्रवेश शुल्क तिरेर चिडियाखानाका वन्यजन्तु र चराचुरुंगीको अवलोकन गर्न पाइन्छ।

सुझावित समाचार