मेटलाइफले गर्‍यो बाढीपीडितलाई २५ लाख सहयोग

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

 मेटलाइफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । मेटलाइफले असोज १० देखि १२ सम्म नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरो र डुबानका कारण प्रभावित हुनेलाई उद्धार कोषमार्फत सहयोग गरेको हो । 

यस सहयोगले बृहत् पुनस्र्थापना प्रयासलाई सहयोग गर्दै बाढीपहिरोबाट प्रभावितहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको मेटलाइफले जनाएको छ । 

मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मलकाजी श्रेष्ठले भने, ‘अहिले हाम्रो ध्यान यस विपत्पछि संघर्ष गरिरहेका मानिसलाई मद्दत गर्ने कुरामा छ । हामी आशा गर्छौँ कि राहत कोषमा हाम्रो योगदानले जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ, उनीहरूलाई केही सान्त्वना र समर्थन गर्दै राहत र पुनस्र्थापना प्रक्रियामा मद्दत गर्नेछ ।’

सुझावित समाचार