टिइपिसीको रिपोर्ट : विश्व व्यापारमा नेपाल आयातमा ११४औँ र निर्यातमा १५३औँ स्थानमा
विश्व व्यापारमा नेपालको हिस्सा नगण्य रहेको पाइएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)को तथ्यांकले विश्व व्यापारमा नेपालको आयात–निर्यातको हिस्सा ०.१ प्रतिशतसमेत पुग्न नसकेको देखाएको हो ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनमा आइटिसीको तथ्यांक विश्लेषण गर्दै विश्व व्यापारमा नेपालको स्थान निकै माथि रहेको औँल्याएको हो । जसअनुसार सन् २०२३ मा विश्वको कुल निर्यात व्यापारमा नेपालको हिस्सा ०.००५ प्रतिशत रहेको छ । त्यस्तै, विश्व व्यापारको कुल आयातमा नेपालको हिस्सा ०.०४३ प्रतिशत रहेको छ ।
कार्यालयका अनुसार आइटिसीले विश्व व्यापारमा देशीय स्थानसमेत विश्लेषण गर्ने गरेको छ । जसअनुसार सन् २०२३ मा विश्वको कुल निर्यात व्यापारमा नेपाल १५३औँ स्थानमा रहेको छ । त्यस्तै, विश्व व्यापारको कुल आयातमा नेपाल ११४औँ स्थानमा रहेको छ ।