स्याङ्जामा घर पुरिँदा आमा–छोरीको मृत्यु

शनिबार, १५ असार, २०८१
डिजिटल संस्करण

स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ। गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बांगेमा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो।

पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले जानकारी दिए। ‘राति सुतेका वेला पहिरो खसेको हो,’ उनले भने। घटनाका वेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ वास बस्न गएकाले उनको ज्यान जोगिएको उनले बताए। 

पहिरोले ढुंगामाटो र जस्तापाताले छाएको एकतले घर र घरनजिकै रहेको गोठ पुरिएको छ। पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ। 

सुझावित समाचार