नवप्रवर्द्धन (स्टार्टअप) व्यवसायलाई प्रोत्साहन गर्न सरकारले एक अर्ब रुपैयाँको कोष स्थापना गर्ने घोषणा गरेको छ।
आगामी आवको बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले स्टार्टअपलाई सहजीकरण गर्ने, अनुसन्धान केन्द्र स्थापना गर्ने र युवा स्टार्टअपलाई सबैभन्दा धेरै अवसर दिने बताएका हुन्।