सामान्य अंकले बढ्यो नेप्से, तीन अर्ब ८९ करोडकाे काराेबार

सोमबार, १४ जेठ, २०८१
डिजिटल संस्करण

साताकाे कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अ‌कको सुधार देखिएको छ।

आज नेप्से परिसूचक ३.९३ अंकले बढेर दुई हजार एक सय १३.२७ को विन्दुमा कायम भएको हो।

आज विभिन्न तीन सय १७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ कित्ता सेयर ५८ हजार चार सय ८३ पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ६४ बराबरको कारोबार भएको छ।

आज बैंकिङ समूह ०.७४, होटेल तथा पर्यटन समूह ०.४९ र निर्जीवन बिमा समूह ०.२२ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। 

विकास बैंक समूह ०.६३, वित्त समूह १.४१, जलविद्युत् ०.२५, लगानी १.८० र जीवन बिमा समूह ०.४० प्रतिशतले बढेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन ०.७८, लघुवित्त ०.४३, म्युचुअल फन्ड ०.४९, व्यापार ०.२२ र अन्य समूह ०.६४ प्रतिशतले बढेको छ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएको सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. २० करोड ४० लाख ४७ हजार चार सय ३४ बराबरको तीन लाख ५५ हजार आठ सय ९५ कित्ता सेयर किनबेच भएको छ।

सुझावित समाचार