आज सेयर बजार दोहोरो अंकले बढेको छ। सोमबार २४.३९ अंकले नेप्से बढेर १९९८. ८९ विन्दुमा उक्लिएको छ।
आज फाइनान्स, होटेल, उत्पादन, निर्जीवन र व्यापारबाहेक सबै समूहको सेयर बढेकोमा जीवन बीमा, बैंकिङ, माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ।
साथै, नारायणी विकास बैंक, समाज लघुवित्त र मान्डु हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
यस दिन तीन सय २० वटा कम्पनीका ९५ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड (प्रोमोटर)को ३० करोड रुपैयाँबराबरको खरिद–बिक्री भएको छ।