बझाङ मतगणना : एमालेका भण्डारीलाई सुरुवाती अग्रता

आइतबार, १६ बैशाख, २०८१
डिजिटल संस्करण

बझाङ प्रदेशसभा (१)को उपनिर्वाचनकाे मतगणनामा सुरुवाती नतिजा आएकाे छ। छबिस पाथिभेरा गाउपालिकाकाे वडा नं १ र २ काे मत गणना गर्दा एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता लिएका छन्।

भण्डारीले ७ सय ५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक सिंहले ३ सय ८० मत पाएका छन्। 

त्यस्तै माओवादी केन्द्रका जनक बुढाले २ सय २६ र समाजवादीका दिलबहादुर सिंहले १ सय १५ मत प्राप्त गरेका छन्। दिउँसाे करिब १:३० बजेबाट बझाङमा मतगणना सुरु गरिएकाे थियाे।

सुझावित समाचार