सशस्त्र प्रहरी बल नेपालले चन्द्रागिरिमा आपतकालीन उद्धार अभ्यास गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी र चन्द्रागिरि हिल्स प्रालिले संयुक्त रूपमा मंगलबार बिहान केबलकार उद्धार अभ्यास गरेका हुन्।
केबलकारमा हुन सक्ने दुर्घटनाबाट उद्धार गर्नेबारे जानकारी दिँदै अभ्यास गरिएको हो। केबलकार सुरक्षा एवं उद्धार अति नै चुनौतीपूर्ण रहेको कुरालाई दृष्टिगत गर्दै केबलकार प्रविधिलाई पूर्णतः सुरक्षित रूपमा प्रयोग गर्ने उद्देश्यले उद्धार अभ्यास गरेको बताइएको छ।
अभ्यासमा सशस्त्र बलबाट २६ र चन्द्रागिरि हिल्सबाट आठजना गरी ३४ जना सहभागी थिए।
तस्बिरहरू :
.jpg'_'.2024-02-27.jpg)
.jpg'_'.2024-02-27.jpg)
.jpg'_'.2024-02-27.jpg)
.jpg'_'.2024-02-27.jpg)
.jpg'_'.2024-02-27.jpg)
.jpg'_'.2024-02-27.jpg)
.jpg'_'.2024-02-27.jpg)
.jpg'_'.2024-02-27.jpg)
.jpg'_'.2024-02-27.jpg)