उड्डयन क्षेत्र कोभिडपूर्वकै अवस्थामा, आन्तरिक हवाई यात्रुको संख्यामा ३७ प्रतिशतले वृद्धि

आइतबार, १५ पुष, २०८०
डिजिटल संस्करण
उड्डयन क्षेत्र कोभिडपूर्वकै अवस्थामा, आन्तरिक हवाई यात्रुको संख्यामा ३७ प्रतिशतले वृद्धि

फाइल तस्बिर

सन् २०२३ मा वायुयानको सञ्चालन तथा यात्रु संख्याको आधारमा कोभिडपूर्वको अवस्थामा फर्किएको प्राधिकरणले जनाएको छ।

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापनाको २५औँ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्राधिकरणले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। 

सन् २०१९ देखि २०२१ सम्म विश्वव्यापी महामारीको रूपमा फैलिएको काेरोना संक्रमणले गर्दा आर्थिक रूपमा धराशायी हुन पुगेको समग्र उड्डयन क्षेत्र २०२२ मा बिस्तारै पुरानो लयमा फर्किन सुधाराेन्मुख हुँदै चालू वर्ष सन् २०२३ मा वायुयानको सञ्चालन तथा यात्रु संख्याको आधारमा कोभिडपूर्वको अवस्थामा फर्किएको छ।  

यो वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार तीन सय ९३ पुगेको  छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा संख्यामा ४१.०४ प्रतिशतले बढी हो। 

अघिल्लो वर्ष (सन् २०२२)को नोभेम्बरसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या २९ लाख ४५ हजार पाँच सय ४० थियो। 

यस्तै, आन्तरिक उडानतर्फ सन् २०२२ को नोभेम्बरको तुलनामा सन् २०२३ को नोभेम्बरसम्म यात्रु संख्यामा करिब ३७.४८ प्रतिशतले वृद्धि भएको छ। 

सुझावित समाचार