ईःको प्रदर्शनमा स्थानीयको अवरोध [तस्बिरहरू]

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण

अभियन्ता ईःले मंगलबार दिउँसो ललितपुर महानगरपालिकाको प्रांगणमा उभिएर प्रदर्शन गर्ने तयारी गर्दै थिए। तर, स्थानीयवासी नै ईःको विरोधमा उत्रिए।

महानगरले मंसिर २४ देखि ऐतिहासिक महत्त्वका स्थानहरूमा साँझ–बिहान पनि फुटपाथ पसल राख्न निषेध गर्ने निर्णय गरेको थियो। त्यसको विरोधमा ईःले १०८ मिनेट उभिएर विरोध जनाउन लागेपछि स्थानीय प्रतिरोधमा उत्रिएका हुन्।

सम्पदा जोगाउन महानगरको निर्णय स्वागतयोग्य रहेको भन्दै स्थानीयले ईःको विरोध गरेका हुन्।

तस्बिरहरू:

सुझावित समाचार