आम जनता पार्टीका उपाध्यक्ष न्यौपाने पार्टी जिम्मेवारीबाट मुक्त

बुधबार, १३ मंसिर, २०८०
डिजिटल संस्करण

प्रभु साह नेतृत्वको आम जनता पार्टीले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ।

पार्टीको स्थायी समिति बैठकले केन्द्रीय उपाध्यक्ष न्यौपानेलाई निर्दोष साबित नहुँदासम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिहरूबाट मत फिर्ता माग्ने अभियान सञ्चालन गर्ने निर्णयसमेत भएको पार्टी प्रवक्ता चन्द्रभूषण साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले विदेशी नागरिकता  लिएकाहरूको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने, भ्रष्टाचार नियन्त्रण गर्न राज्य असफल रहेकाले भ्रष्टाचारीलाई जनकारबाही गर्ने तथा गौर हत्याकाण्डलगायतका हत्यारालाई समातेर बुझाउने निर्णयसमेत गरेको छ।

सुझावित समाचार