संसद्को चालू अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आजको बैठकले सहसचिव राधिका अर्याललाई प्रशासनतर्फको सचिव र विश्वबाबु पुडासैनीलाई प्राविधिकतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । 

सुझावित समाचार