पक्राउ परेकामध्ये दुईजना अदालतको आदेशमा छुटे, अन्यलाई पाँच दिन म्याद थप

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण
पक्राउ परेकामध्ये दुईजना अदालतको आदेशमा छुटे, अन्यलाई पाँच दिन म्याद थप

फाइल तस्बिर ।

ललितानिवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका दुईजना काठमाडौं जिल्ला अदालतको आदेशमा छुटेका छन्। 

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे अदालतको आदेशमा रिहा भएका हुन्। 

उमेर र स्वास्थ्य अवस्थाको कारण अदालतले उनीहरूलाई थप हिरासतमा राख्नभन्दा हिरासतबाहिर बसेर अनुसन्धान गर्न आदेश दिएको हो।

उनीहरूलाई मुद्दा दर्ताको दिनमा भने अदालतमा पेस गर्न पनि अदालतले प्रहरीलाई आदेश दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)को हिरासतमा रहेका अन्य १८ जनालाई भने थप पाँच दिनको म्याद थप भएको छ। 

सुझावित समाचार