इन्दिराको गुनासो- उपसभामुखले यो बोल्नुहुँदैन रे, उप चुप जहिले पनि

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छिन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी हुन्। 

रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ, जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो भन्दै प्रश्न गरिन्। अहिले प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन्। 

उनले भनिन्, ‘संविधान देशका लागि जनताका लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ। मेरो प्रश्न छ– आज प्रतिनिधिसभामा हेर्नुहोस् त कतिजना महिला बोल्नुहुन्छ ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त? हिजो कति ५–६ दिनपछि संसद् खुल्यो, अब उपसभामुखले यो बोल्नुहुँदैन रे, उप चुप जहिले पनि मलाई। उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ। नियममा कहाँ लेखेको छ, उप चुप भनेर। संसदमा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले ? कि म पनि मगर, मतवालीको छोरी भएर हो कि ? यो मेरो प्रश्न छ।’
 

सुझावित समाचार