भिरबाट लडेका तामाङकाे हेलिकोप्टरबाट उद्धार

बुधबार, १० जेठ, २०८०
डिजिटल संस्करण

उत्तरी धादिङको खनियाँबास गाउँपालिकाका– १ झार्लाङका कृष्णबहादुर तामाङ घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका छन्। लडेर घाइते बनेका तामाङलाई हेलिकाेप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ। 

‘गाउँनजिकैको उदर जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते बनेका तामाङको गोठालाहरूले उद्धार गरेको स्थानीय एलिया लोप्चन तामाङले बताए।  

उनले भने, ‘गोठालाहरूले लडेको ठाउँबाट लगेर राखेछन्। बिरामीको अवस्था गम्भीर छ। टाउको, दुवै हात–खुट्टा, शरीरका विभिन्न भागमा चोट र दाइने खुट्टा भाँचिएको छ। म आफू झार्लाङ स्वास्थ्यचौकीमा काम गर्ने भएकीले हामीले जानेजति प्राथमिक उपचार गर्याैँ। बिरामीको अवस्था गम्भीर भएकाले हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको हो।’ 

See More On

सुझावित समाचार