भ्रष्टाचारविरुद्ध कैदीको भेषमा विद्यार्थी

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भन्ने नारासहित त्रिचन्द्र क्याम्पसमा कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको छ। विद्यार्थीले आइतबार बिहान १० बजे कैदीको भेषमा सांकेतिक रूपमा विरोध प्रदर्शन गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा देशका उच्च अधिकारीहरूसमेत परेका कारण अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनीहरूले अनुसन्धान प्रभावकारी बनाउन दबाबसमेत दिएका छन्।


सुझावित समाचार