कांग्रेस संसदीय दलको बैठक जारी

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

कांग्रेसको संसदीय दलको बैठक जारी छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो। आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे पूर्वछलफलका लागि बैठक बसेको हो। 

आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्नेबारे पार्टीले विज्ञहरूलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित बैठक बसेको हो।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा. प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मालगायत सांसदको उपस्थिति छ। 
 

सुझावित समाचार