उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा

शुक्रबार, ८ बैशाख, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।

सुझावित समाचार